२३ वैशाख, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुगु मुगमकार्मारोङ गाउँपालिका–४ स्थित किम्री गाउँका आगलागी पीडितलाई राहत वितरण गर्दै आगलागी पीडितलाई पुर्नवासको ब्यवस्था गर्ने बताएका छन् ।
आगलागी पीडितलाई राहत वितरण गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत किम्री गाउँ पुगेका मुख्यमन्त्री शाहीले पीडितलाई प्रदेश सरकारले पुर्नबास गर्ने बताएका हुन् ।
पीडित परिवारलाई तत्कालीक राहत वितरण गर्नुका साथै दीर्घकालीन रुपमा घर निर्माण गरिदिने मुख्यमन्त्री शाहीले बताए ।
‘आगलागीवाट के कति क्षति भएको छ, सबै विवरण आएपछि सरकारले आफ्नो तर्फवाट सक्दो सहयोग गर्नेछ,’ उनले भने, ‘पीडितलाई सुरक्षित बास र गाँसको व्यवस्था गर्ने जिम्मेवारी प्रदेश सरकारको गर्नेछ ।’
गत बिहिबार भएको आगलागीमा किम्रिगाउँका १८ घर जलेर करिब चार करोड ५१ लाख रुपैयाँ बराबरको क्षति भएको मुगुका जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमकिरण बोगटीले बताए ।