२३ वैशाख, काठमाण्डौ । संघीय संसदको दाेश्रो अधिवेशन आज अपराह्न ४ बजेवाट सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त अधिवेशन संसद भवन नयाँ बानेश्वरमा हुने भएको हो ।
उक्त अधिवेशनमा राष्ट्रपतिद्वारा अनुमाेदित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक,सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश पेश हुने सम्भावना रहेको संसद सचिवालय श्रोतले जनाएको छ ।