४ आश्विन २०८१, शुक्रबार

३३ किलो सुन तस्करीमा संलग्नहरुको बयान सुरु


Gold

२० वैशाख, माेरङ । ३३ किलो सुनसँग जोडिएको सनम शाक्य हत्याको घटनामा बिहीबारदेखि जिल्ला अदालत मोरङमा बयान सुरु भएको छ ।

बिहीबार बिहान जिल्ला अदालत मोरङले ४ जना न्यायाधीश बीचमा गोलाप्रथा गर्दा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मुद्दा हेर्ने छ ।मुद्दाको इजलास तोकिएसँगै अदालतका ६ जना कर्मचारीले बिहीबारदेखि सुनसँग जोडिएका र हत्यामा संलग्न भएका व्यक्तिसँग बयान लिन सुरु गरेको हो ।
सनम शाक्यको हत्या भएको गाडी लिएरका आएका ३ जनासहित अन्य ३ जना हत्यामा संलग्न रहेका थिए ।

उनीहरुसँग बयानको काम सुरु भएको छ । अदालतले राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदन प्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग बिहीबार बयाल लिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

बयान लिनको लागि निश्चित अभियुक्तलाई मात्र अदालत ल्याउने गरिएको छ । मुद्दाको थुनछेक नहुँदासम्मका लागि बयान लिने क्रम चल्ने र करिब एक सयभन्दा बढी वकीलबाट यो मुद्दासँग जोडिएका व्यक्तिका सम्बन्धमा बयान हु्ने श्रेस्तेदार दुलालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !