४ जेष्ठ २०८१, शुक्रबार

पार्टी एकताबारे छलफल गर्न एमाले र माओवादीको आन्तरिक बैठक बस्दै


CPN UML and Maoist

१९ वैशाख, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । बैठक बेलुकी साढे ६ बजे बस्ने छ ।   बैठकमा  पार्टी एकतालगायत समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनभयो ।

माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि छलफल नै हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !