१५ जेष्ठ २०८१, मंगलबार

भुपू नेपालीहरुलाई नेपालको पैतृक सम्पत्ति बेचेर विदेश लैजान दिन्न  : मन्त्री पण्डित


lalbabu pandit

११ वैशाख, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले १२ औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डिततले यस्तो जिकिर गरेका हुन । उनले भने,‘०४६ सालको आन्दालेन र दोस्रो जनआन्दोलनमा म स्वयम सहभागी भएर लडेको मानिस हुँ, मेरो मनमा लोकतन्त्र र गणतन्त्रप्रति ठूलो भरोसा छ, लोकतन्त्रको लागि धेरैले बलिदान र योगदान दिनुभएको छ, तमाम व्यक्तिहरु घाईते बन्नुभएको छ, सरकारले आन्दोलनका घाईते, सहिद परिवार र पीडित व्यक्तिको हकहितको लागि दिँदै आएको सेवा सुविधा फेरवदल गर्नको लागि मन्त्रीपरिषदको बैठकमा म आफ्ना कुरा राख्छु।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले अधिकार संस्थागत भईसकेको र आगामी यात्रा समृद्धि भएको भन्दै सबैलाई एक भएर विकासमा लाग्नको लागि आग्रह गरेका छ्न् । उनले भने,‘गण्तन्त्र स्थापना भएको छ, राजतन्त्रको अस्तु पनि बाँकी छैन्, लोकतन्त्र समृद्धिमा प्रवेश गरेको छ, विगतका दिनमा राजनीतिक अस्थिरताको कारण जनताले दुःख पाए, अबका दिनमा आत्मनिर्भर बन्न र राष्ट्रका लागि काम गर्ने जो कोहीले अभावमा बाँच्नु पर्दैन, आगामी बजेट निर्माणमा सहिद परिवार, घाईते, बेपत्ता परिवारको लागि उचित किसिमको सेवाको लागि सुझाव दिनेछु ।’

मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए। उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ।’

कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने,‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ।’

मन्त्री पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएको र उनीहरुको पेन्सन पट्टा दिलाउने काम भैरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न।’

त्यस्तै मन्त्री पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरुलई भुतपूर्व नेपालीको संज्ञा दिएका थिए । उनले त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी आफूहरुले थालेको समेत आज खुलासा गरेका छन् ।

उनले भने,‘पूर्व नेपाली आजको दिनमा विदेशी नागरिक बनिसक्ुनभएका त्यस्ता व्यक्तिहरुले नेपालको पैतृक सम्पति लिन पाउनुहुन्न ।’

क्लबका सभापति ऋषि धमलाले जन–आन्दोलनको र शहिद परिवारको सम्मान गर्नमा वर्तमान सरकार चुकेको टिप्पणी गरेका छन् ।

Samman

उनले भने,‘आजको दिनमा हामीले प्राप्त गरेका हरेक हकअधिकारमा सहिदको ठूलो भूमिका छ, बैशाख ११ गतेलाई सरकारले भव्य रुपमा मनाउनुपथ्र्यो तर बिडम्बना सरकारले त्यसो गर्न सकेन, आगामी दिनहरुमा यस्ता महत्वपूर्ण दिनहरुमा सरकारले उल्लासमय तरिकाले कार्यक्रम गरेर सहिद तथा घाईते परिवारको भावनालाई सम्मान गर्न सकोस्, मेरो सरकारलाई विशेष अनुरोध छ।’

ऐतिहासिक जन–आन्दोलन सहिद परिवार तथा घाईते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले सहिद परिवारको तर्फबाट संसदमा प्रतिनिधित्व नगराएर राजनीतिक दलहरुले ठूलो गल्ती गरेको गुनासो पोखे ।
उनले भने,‘लोकतन्त्र दिवसको अवसरमा सरकारले हामी जनआन्दोलनका घाईतेहरुलाई, सहिद परिवारलाई सम्झिँदैन, रिपोर्टर्स क्लब र ऋषिजीले सम्झिनुहुन्छ्, सरकारले हामीलाई सम्झिएको भए राष्ट्रियसभा लगायतका संसदहरुमा हाम्रो प्रतिनिधित्व हुन्थ्यो ।’

सहिद यमलाल लामिछानेका छोरा दोर्णप्रसाद लामिछानेले लोकतन्त्र दिवसको अवसरमा सरकारले बेवास्ता गरेको भएपनि रिपोर्टर्स क्लब र यसका अध्यक्ष ऋषि धमलाले सम्मान तथा अभिनन्दन गरेकोमा खुशी व्यक्त गरे ।
उनले भने, ‘हाम्रो परिवारले लोकतन्त्रको लागि ठूलो योगदान गरेको छ, सरकारले आफ्नो भूमिका खेल्न सक्दैन, हाम्रा अधिकारहरुलाई उचित हिसाबले सम्बोधन गर्न सकेको छैन्, सरकारले हामीलाई सम्झिएन यसमा हामीलाई दुःख लागेको छ, तर क्लबका अध्यक्ष ऋषिजीले हामीलाई सँधै सम्झिनुभएको छ, हामी उहाँप्रति निकै आभारी छौं, उहाँको साथ र सहयोग हामीलाई रहँदै आएको छ, आगामी दिनमा पनि यस्तै खाले सहयोग रहिरहोस्।’

जन–आन्दोलनकी घाईते यमुना श्रेष्ठले सरकारलाई लोकतन्त्र दिवसलाई भव्यताका साथ मनाउन सुझाव दिएकी छन् । सरकारले लोकतन्त्र दिवसलाई उपेक्षा गरेको उनको आरोप थियो ।
उनले भनिन्,‘हामीले धेरैथोक माँगेका छैनौं, हाम्रो माँग भनेको देश बन्नुपर्छ, समृद्ध मुलुक बन्नुपर्छ, सबै नागरिकले एकै प्रकारको सुविधा पाउनुपर्छ, न्यायोचित समाजको स्थापना, भष्ट्राचारको अन्त्य हुनुपर्छ भन्ने नै हो, सरकारले आजको दिनलाई विषेश दिनमा रुपमा किन मनाएन ?’

श्रेष्ठले रिपोर्टर्स क्लबको खुलेर प्रशंसा गर्दै भनिन्,‘घाइते तथा सहिद परिवारलाई हाम्रो देशको सरकार, खासगरी मन्त्री तथा प्रधानमन्त्रीले सम्झिदैनन्, तर ऋषिजीले सम्झिनुहुन्छ, हामीले देशको लागि लडेको हो, लोकतन्त्रको लागि ऋषिजीको पनि ठूलो योगदान रहेको छ, त्यसैले हामीले एक ठाउँमा उभिने दिन पनि आजै बैशाख ११ गते नै हो, सरकारले नगरेको काम क्लबले गरेको छ, ऋषि धमलाले गरेका छन्, म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

रिपोर्टर्स क्लब नेपालले जन–आन्दोलनका घाईते मेघराज आचार्य, रमेश राई, यमुना श्रेष्ठ, सहिद पत्नि मैना कार्की, लक्ष्मी राई, त्यस्तै सहिद परिवार सदस्य दोर्ण प्रसाद आचार्य लगायतलाई आज अभिनन्दन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !