६ जेष्ठ २०८१, आइतबार

इलाममा बम विस्फोट


२ वैशाख, इलाम  । इलामको चुलाचुली गाउँपालिकामा बम विस्फोट भएको छ । जिल्लाको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी शनिबार राति साढे आठतिर बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै मानविय क्षति नभएको तर भवनका नौवटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको छ ।घटना कस्ले र के कारणले घटाएको भन्नेबारे अझै खुलेको छैन ।

घटनाको अनुसन्धानका लागि राति नै डीएसपी रमेश बस्नेतको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !