११ बैशाख २०८१, मंगलबार

दाङमा जिप दुर्घटना: ६ जना घाइते


दुर्घटना

दाङ । दाङको पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी र वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी घाइते भएका छन्।

त्यस्तैगरी रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार घाइते रहेका छन् । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !