३ आश्विन २०८१, बिहीबार

प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी : सिंह


Prakashman Singh

२५ चैत, रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाउनु भएको छ ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गीएको बताउनुभयो । उहाँले नक्कली राष्ट्वादको आवरणमा भ्रम नछर्न प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गर्नुभयो ।

पूर्व महामन्त्री समेत रहेका सिंहले गएको चुनावमा कांग्रेस पराजित हुनुको मुख्य कारण नेतृत्वको चरम अलोकप्रियता भएकाे बताउनुभयाे । उहाँले कम्युनिष्टहरुसँग प्रतिष्पर्धा गर्न सक्ने पार्टी कांग्रेसलाई बनाउन पार्टीको नेतृत्व नै परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

सिंहले कांग्रेसलाई पुरानै शैलीबाट चलाउन नसकिने भन्दै सांगठानीक सुदृढता र वैचारिक स्पष्टता आवश्यक रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !