६ जेष्ठ २०८१, आइतबार

पुलिसलाई हराउँदै मनाङ मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा


football

१६ चैत, रूपन्देही । मनाङ मस्याङ्दी क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको मानवज्ञान माविको खेल मैदानमा भएको खेलमा मनाङ मस्याङ्दीले विभागीय टिम नेपाल पुलिसलाई २–१ गोलले पाखा लगायो । मनाङको जितमा अञ्जन विष्टले दुई गोल गरे । तिलोत्तमा गोल्डकपमा उपविजेता बनेको पुलिस क्लबले एक गोलको अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरीयो ।

निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्समा रहेको बललाई विपक्षी खेलाडीहरुलाई छक्काउँदै उनले गोल गरेका थिए । पहिलो हाफ १–० को एक गोलले पछि परेको मनाङले ६१ औं मिनेटमा अञ्जन विष्टको गोल मार्फत खेल बराबरीमा पुर्यायो ।

विदेशी खेलाडी भिक्टरको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । खेलको ७५ औं मिनेटमा पुनः अञ्जले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुर्याए । कर्नरमा रहेको बललाई विदेशी खेलाडी भिक्टरको पासमा गोल गरेका थिए ।

पुलिसका प्रशिक्षक अन्जनराज थापाले टिममा समन्वय र बलमा फोर्स कम हुदा हार्नु परेको बताए । उता मनाङका प्रशिक्षक छिरिड लोप्साङले मध्यम खेल भएपनि जीत निकाल्न सकेको बताए । प्लेन डिलेका कारण उसका २ खेलाडी विराज महर्जन र विशाल राई अनुपस्थित थिए ।
प्रतियोगितामा मनाङ मस्याङदीका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आजको विजेता अब साविक सुनौलो संगमसँग फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईनल खेलमा अाज आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार क्लबका बीच प्रतिस्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !