१६ जेष्ठ २०८१, बुधबार

प्रदेश सरकार र जिसस सम्म कूटनीतिक राहदानी हुने


१२ चैत, काठमाण्डौ । मन्त्रिपरिषद बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोगको अधिकार दिएको छ ।

तर, मेयर र गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो ।

यस्तै नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !