३ असार २०८१, आइतबार

गाडीको ठक्करवाट एकको मृत्यु


crime

७ चैत, दाङ । गाडीको ठक्करवाट बिजौरीमा एक किशोरीको मृत्यु भएको छ ।

बुधबार घोराहीवाट तुलसीपुरका लागि छुटेको लु१च ४६३६ नम्बरको कुखुरा बोक्ने गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी १६ वर्षकी पूजा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

गाडीले ठक्कर दिएलगत्तै घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चनल अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने गाडीसहित चालक प्रहरीको नियन्त्रणमा रहेको नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !