७ बैशाख २०८१, शुक्रबार

महान्यायाधिवक्ताद्वारा शपथ


खम्मबहादुर खाती

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराउनुभएको हो । यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !