४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज


BICC

२८ फागुन, काठमाण्डौ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबी विरोधपछि दिउँसो साढे १ बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

राष्ट्रियसभा अध्यक्षका लागि आउँदो फागुन ३० गते चुनाव हुँदैछ । प्रमुख सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ ।

राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ ।
राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी नदिने भएको छ ।

कांग्रेसले उम्मेद्वार उठाएपनि जित्ने सम्भावना नरहेकाले आफ्नो तर्फबाट कसैलाई उम्मेद्वार नबनाउने भएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले कसलाई उम्मेद्वार बनाउँछ भन्ने टुंगो लागेपछि मात्र आफुहरुले उम्मेद्वार उठाउने नउठाउने निर्णय गर्ने बताउनुभयो । ५९ जना सदस्य रहेको राष्ट्रियसभामा कांग्रेसका १३ जना सांसद छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !