६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले संसदमा भाेलि विश्वासको मत लिने


Kp oli

२६ फागुन, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत लिनु हुने भएको छ । शनिबार बसेको संसद बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले ओलीले आइतबार विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।

ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु भएको हो । उहाँलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि समर्थन गरेका छन् । तसर्थ उहाँले संसदमा दुई तिहाई बढी मत पाउनु हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !