४ जेष्ठ २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु


दुर्घटना

१५ फागुन, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा गुर्भाकोट-८ का २२ वर्षे फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !