१३ बैशाख २०८१, बिहिबार

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन


थाहा नगरपालिका

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहनुभएको छ । नगरपालिकाको १ देखि १२ वडाका कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्ट बताउनुभयो । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्याङ्क सङ्कलन गरिने प्रमुख विष्टले जानकारी दिनुभयो । नगरपालिकाभित्र सोमबारसम्ममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एकजनालाई उपचारका लागि हेटाँैडा अस्पताल पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !