७ बैशाख २०८१, शुक्रबार

प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर


अक्सिजन

गोदावरी । कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।

फाउन्डेशनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको फाउन्डेशनका संस्थापक श्याम तायलले जानकारी दिनभयो । डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आज नै उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ । अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशका मुख्य चारवटा अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइने तायलको भनाइ छ । यहाँका अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका बिरामी बढ्दै जाँदा अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले १०० वटा खाली सिलिन्डर उपलब्ध गराउन अपिल गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !