६ जेष्ठ २०८१, आइतबार

उपेन्द्र यादव आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत हुने प्रचण्डको दावी


prachanda प्रचण्ड

११ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् ।

उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावीसमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !