४ जेष्ठ २०८१, शुक्रबार

ट्रक दुर्घटनामा ३ जनाको मृत्यु


दुर्घटना

४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा शुक्रबार बिहान तातोपानीवाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ को ट्रक अरनिको राजमार्गवाट ५० मिटर तल भोटेकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाह्रबिसे नगरपालिका–८ मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !