१० जेष्ठ २०८१, बिहिबार

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण बेमौसमी : भट्टराई


doctor babauraam

२० माघ, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वारजको नेपाल भ्रमण बेमौसमी भएको बताएका छन् ।

गोरखा उद्योग बाणिज्य संघको ४४ औं बाषिर्क साधारण सभामा भट्टराईले सरकार बन्नु अघि नै स्वराज नेपाल भ्रमणमा आउनु कूटनीतिक हिसावले पनि उपयुक्त नभएको बताए । ‘आउनै हुन्न भन्ने त होइन । दुई देशवीच सम्बन्ध सुधार हुनु आवश्यक छ’ उनले भने, तर, सरकार बनि सकेपछि आएको भए कूटनीतिक सम्बन्ध राम्रो हुन्थ्यो ।’ बेमौसमी भ्रमणको अनावश्यक ढंगले राजनितिक अर्थ लाग्ने र अविश्वास बढ्न सक्ने उनको भनाइ छ ।

भट्टराइले गोरखामा विकासका पूर्वाधार निर्माण गर्न व्यवसायीहरुलाई आग्रह गरे । पूर्वाधार विकासका लागि सरकारले नितिगत सहयोग गर्ने र व्यवहारिक सहयोग व्यवसायीले गर्नुपर्ने उनले बताए । यो खबर हामीले नागरिक न्युजवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !