४ जेष्ठ २०८१, शुक्रबार

नगर प्रमुखको घरमा बम विस्फोट


presar bam

१० माघ, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदको घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकर बम विस्फोट गराएको छ । विस्फोटवाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

घरदेखि १५० मिटर दुरीवाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउँदले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !