१८ बैशाख २०८१, मंगलबार

एमबीबीएसको शुल्क ८ लाख वृद्धि, तत्काल खारेज गर्न डा. केसीको ध्यानाकर्षण


डा. गोविन्द केसी File Photo

काठमाडौं । एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गर्न ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

“चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर-नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो ।” डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !