८ जेष्ठ २०८१, मंगलबार

‘सिलवाल फेला परेनन्’, एक साता बित्दा पनि


Nabaraj-silwal-Dig

२७ पुस, काठमाण्डौ । पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फाराम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर निर्वाचन क्षेत्र १ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो । ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायोे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !