४ आश्विन २०८१, शुक्रबार

आयल निगम माथि अख्तियारले लियो वयान


nepal-oil-corporation-९

२३ पुस, काठमाण्डौ । नेपाल आयल निगमका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद अनियमितता प्रकरणमा वयान सुरु गरेको छ । जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा अख्तियारले आइतबारदेखि निगमका अधिकारीमाथि वयान थालेको हो ।

अख्तियारले वयानका लागि आइतबार निगमका प्रबन्धक पुष्कर कार्कीसँग वयान लिएको छ । उनी आठौं तहका कर्मचारी हुन् । कार्कीसँगै अख्तियारले निगमका अन्य उच्च अधिकारीको पनि वयान लिनेछ । अख्तियारले निगम अधिकारी र सञ्चालक समितिका सदस्य गरी करिब ३५ जनालाई वयानको सूचीमा राखेको छ ।

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितताको वस्तुस्थिति बुझ्न दुईपटक अख्तियारले जग्गा खरिद गरिएका स्थानको अवलोकन/अनुगमन गरेर फर्किएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !