१ मंसिर २०८१, शनिबार

डा. गोविन्द केसीका माग वार्ताबाट समाधान खोज्न अपिल


डा. गोविन्द केसी

काठमाडौँ, १३ असोज । जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ ।

समितिका संयोजक चरण प्रसाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा केसीको मागका विषयमा समाधान खोजी उहाँको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेको छ । चिकित्सक डा केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “डा केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।” डा केसीलाई जुम्लाबाट काठमाडौँ स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !