काठमाडौं, कार्तिक २४, २०७३ । उधोग मन्त्री सुनिल बहादुर थापा र र जापान चेम्वर अफ कमर्सका पदाधिकारी वीच उधोग मन्त्रालयमा भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटमा नेपाल र जापानका उधोगीहरु वीच आपसी हित र लगानी बिस्तारको बारेमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ । सो अवसरमा उधोग मन्त्रालयकी सचीव याम कुमारी खतिवडा लगायत मन्त्रालयका अन्य निकायका पदाधिकारीहरु, नेपालका लागि जापानीज राजदूत मासाशी ओगावाको पनि उपस्थित थियो ।
सो अवसरमा उधोग मन्त्री सुनिल बहादुर थापाले नेपालमा अब औधोगीकरणको समय शुरु भएकोले नेपालमा लगानी विस्तार गरी फ़ाइदा लिन जापान चेम्वर अफ कमर्सका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । विदेशी लगानीकर्ताहरूलाई पनि स्वदेशी लगानीकर्ता सरहको सुविधा उपलब्ध गराउन नेपाल कतिपय नीतिगत सुधार भईसकेको भन्दै मन्त्री थापाले भारत र चीनको वीचमा रहेको नेपालमा असंख्य सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सह-सचीव प्रदिप कुमार भट्टराईले नेपालमा लगानीको वातावरण बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भेटमा नेपालका लागि जापानीज राजदूत मासाशी ओगावा जापानले नेपालमा जापानीज उधोगीहरु लगानी गर्न इच्छुक भएको बताउनु भएको थियो । जापान चेम्वर अफ कमर्सका पदाधिकारीहरु पनि नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए ।
केहि समय अघि जापानको लगानीमा नेपालमा ग्यास उद्योग संचालनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रम गरी जापानको साइसान कम्पनीले ‘ग्यास वन’ उद्योग संचालनमा ल्याउने घोषणा गरेको हो । नेपालको बारामा संचालित एनएल ग्यासको ५१ प्रतिशत शेयर जापानको साइसान कम्पनीले किनेको छ । सो कम्पनीले बहु सेयर खरिद गरेसँगै नयाँ प्रविधि तथा संरचनामा उद्योग संचालन हुने भएको हो ।