९ जेष्ठ २०८१, बुधबार

शैक्षिक भ्रमणमा लुम्बिनी जाँदै गरेको बस दुर्घटना, ४० घाइते ५ गम्भिर


school-bus-tour

कार्तिक २४, नवलपरासी | नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो ।
भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यार्थी र शिक्षकलाई उद्धार गरेका थिए ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाइएको छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जाँदै थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !