९ जेष्ठ २०८१, बुधबार

भारतले नेपालीमाथि ठूलो ज्यादती गरेको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर


Nepal-India-China-photo

कात्तिक २४, काठमाडौँ । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पुर्याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् । खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो ।

अनुगमन पश्चात टोलीले भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भएको निष्कर्ष निकालेको छ । राप्ती नदीलगायत विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण हरेक वर्ष बाँकेका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् ।
फियान इन्टरनेसनल जर्मनीका एसिया क्षेत्र संयोजक सविने पाविष्टले भारतले अन्तर्राष्ट्रिय नियमविपरीत नेपाली भूभाग डुब्नेगरी संरचना बनाएर अन्याय गरेको बताइन् । –नागरिक दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !