६ जेष्ठ २०८१, आइतबार

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण


beli-bridge

कार्तिक २३, बेनी | दैनिक दर्जनौँ निजी तथा भाडाका सवारी साधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी नगरपालिकाभित्रको गलेश्वर राहुघाट नदीमा बनेको बेलिब्रिज मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ । जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने त्रास बढेको छ ।
पुलको बीच र आसपासमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभागसमेत बेखबर भएको स्थानीय अमृतमान शेरचनले बताउनुभयो । पुलमा परेको प्वालमा ठूला सवारी साधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताउनुभयो ।
नेपाली सेनाले निर्माण गरेको पुलको २०६४ असोज ३० गते तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवालले उद्घाटन गर्नुभएको थियो । यसैबीच बेनी–जोमसोम सडकखण्डअन्तर्गत रहेका बेलीब्रिजको मर्मत सम्भारको आवश्यकता देखिएको छ । बेगखोलामा रहेको पुललाई गत भदौमा बाढीले बगाए पनि निर्माण हुन सकेको छैन । यसैगरी म्याग्दी र मुस्ताङखण्डमा रहेका चार वटा पुलको मर्मत हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !