५ जेष्ठ २०८१, शनिबार

नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो


कात्तिक २०, भैरहवा । परीक्षण उडानकोक्रममा रहेको नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइन भएको विमान दुर्घटनाबाट हुनबाट जोगिएको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणकोक्रममा टायर पञ्चर भएपछि विमान धावनमार्गमै रोकिएको थियो ।
विमानमा पाइलट र को–पाइलटमात्र सवार रहेको एयरलाइन्सले जनाएको छ । उनीहरु दुवैजना सकुशल छन् । विमानलाई धावनमार्गबाट हटाएर अरु उडान नियमित गरिएको छ ।
काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो । यही जहाज यसअघि पनि भैरहवामै ल्यान्ड गर्दा टायर पञ्चर भएर दुर्घटना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !