९ जेष्ठ २०८१, बुधबार

अमेरिकी राष्ट्रपतिको एसिया भ्रमणको सुरुवात जापानबाट शुरु


कार्तिक १९ | अमेरिकी राष्ट्रपति ट्रम्प कार्यभार सम्हालेपछि पहिलो एसिया भ्रमणका लागि मंगलबार एसिया भ्रमणको सुरुवात जापानबाट गर्ने ट्रम्प आज आइतबार राजधानी टोकियो उत्रनु हुनेछ । यस भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र नवनिर्वाचित प्रधानमन्त्री शिन्जो आबेबीच द्विपक्षीय हितका विषयमा वार्ता हुनुका साथै उत्तर कोरियाका सम्बन्धमा गम्भीर निर्णय हुने बताइएको छ । भ्रमणका क्रममा सोमबार राष्ट्रपति ट्रम्प र प्रधानममन्त्री आबेबीच शिखर वार्ता हुनेछ ।
जापानपछि उहाँ दक्षिण कोरिया, चीन, भियतनाम फिलिपन्सको भ्रमणमा निस्कनुहुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको जापान भ्रमणको पूर्व सन्ध्यामा जापान र अमेरकी उद्योगी व्यवसायीहरुले अमेरिकी प्रशासनसंग उत्तर अमेरिकी मुक्त व्यापार सन्धि (नाफ्टा)को पुनःल् हुने वार्तामा सवारी साधनसंग सम्बन्धित आफ्ना प्रस्तावमाथि पुनः विचार गर्न आग्रह गरेका छन् ।
शुक्रबार अमेरिकाको राजधानी वासिंगटनमा सुरु दुई दिने अमेरिकी कारोबार सम्मेलनको समापन समारोहमा व्यवसायीहरुले सवारी साधन अमेरिका नियातमाथि अमेरिकी शर्तले उत्पन्न गरेको अवस्थाका बारेमा चिन्ता प्रकट गर्दै सो आग्रह गरेका हुन् । ट्रम्प प्रशासनले अमेरिकी निर्यात हुने सवारी साधनमा ५० प्रतिशत पार्टपूर्जा अमेरिकामा निर्माण भए मात्र शुल्क नलाग्ने माग गर्दैआएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !