![भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus-Infection-in-India.jpg?fit=890%2C480&ssl=1)
काठमाडौँ, जेठ ५ । छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । ओल्डोमिटर्सले प्रकाशित गरेको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएका देशहरुको सूचीमा भारत ११ औं स्थानमा छ । भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, ब्राजिल, बेलायत, रुस र अमेरिका छन् ।
भारतमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । त्यहाँ ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६ औं स्थानमा छ । भारतमा ३६ हजार ७ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।