७ जेष्ठ २०८१, सोमबार

अमेरिकामा व्यवसाय पुनः सञ्चालन निर्देशिका जारी


New York USA America

न्युयोर्क, २ जेठ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले व्यवसाय पुनःसञ्चालनसम्वन्धी निर्देशिका जारी गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द भएका व्यवसाय तथा कार्यालयहरू सञ्चालनका लागि उनीहरुले निर्देशिका जारी गरेका हुन् ।

निर्देशिकामा व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु तथा अन्य संघसंस्था तथा निकायका कार्यालयहरु सञ्चालनसम्वन्धी विषय उल्लेख गरिएको छ । न्युयोर्क राज्यको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले जारी गरेको निर्देशिकामा कुनै पनि व्यापार व्यवसाय तथा कार्यालय पुनः सञ्चालन गुर्न पुर्व के के कुरामा ध्यान दिनु पर्दछ र के के प्रक्रिया पुरा गर्नु पर्दछ भन्ने कुराहरु उल्लेख गरिएको छ ।

यो निर्देशिका विद्यालय, कार्यस्थल, शिविर, शिशु स्याहार केन्द्र, सार्वजनिक यातायत, बार तथा रेष्टुरेन्टलगायतका लागि केन्द्रित गरिएको केन्द्रले जनाएको छ । निर्देशिकामा चर्च लगायतका धार्मिक स्थलहरुमा अप्नाउनु पर्ने सतर्कता तथा सुरक्षाका उपायहरुका बारेमा पनि उल्लेख गरिएको छ ।

धार्मिक स्थलहरु विषेश गरी चर्चमा पुरा गर्नु पर्ने प्रक्रियाका बारेमा लेखिएका केही विषयमा भने संशोधन गरेर यो निर्देशिका जारी गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म सवैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामै भएको छ ।

त्यसैगरी सङ्क्रमितको संख्या पनि अहिलेसम्म अमेरिकामै सवैभन्दा धेरै रहेको छ । मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्या धेरै भएपनि अमेरिकामा लकडाउनको पूर्ण कार्यान्वयन गरिएको छैन भने व्यापार व्यवसायहरु पनि तुलनात्मक रुपमा धेरै खुलेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !