७ मंसिर २०८१, शुक्रबार

कोरोनाबाट विश्वभर १ लाख ६१ हजारको मृत्यु, २३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित (अपडेट)


भाइरस कोरोना भारतमा ८ जनाको मृत्यु

पेरिस, ७ वैशाख । कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६१ हजार ९०४ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !