२ मंसिर २०८१, आइतबार

ब्राजिलका राष्ट्रपति बोल्सोनारोद्वारा स्वास्थ्य मन्त्री मनडेटा बर्खास्त


लुइज हेनरिक मनडेटा

एजेन्सी, वैशाख ५ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देशका स्वास्थ्य मन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन खोल्ने विषयमा एकमत नभएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीलाई नै बर्खास्त गरेका हुन् ।

राष्ट्रपति लकडाउन खोल्नुपर्ने पक्षमा छन् भने स्वास्थ्यमन्त्रीले तत्काल लकडाउन खोल्दा संक्रमण फैलिएर मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै आएका थिए । सोही कारण राष्ट्रपतिले आफूलाई बर्खास्त गरेको स्वास्थ्य मन्त्रीले बिहीबार ट्वीटमार्फत जानकारी गराएका छन् ।

५५ वर्षका लुइज सन् २०१९ को सुरुमा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए । उनले लगातार सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने बताउँदै आएका थिए । तर राष्ट्रपति बोल्सोनारो भने लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै त्यसको विरोधमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !