१२ बैशाख २०८१, बुधबार

लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश


रोड्रिगो डुटर्टे

चैत २०, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् ।

पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिंदै भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !