२२ भाद्र २०८१, शनिबार

बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट आए बाहिर


बेलायती राजकुमार चार्ल्स

एजेन्सी, चैत १७ । बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिर आएका छन् । गत हप्ता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी स्कटल्यान्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका हुन् । ७१ वर्षीय राजकुमार चार्ल्स स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

बेलायती मेडिकल गाइडलाइन अनुसार ७१ वर्षीय राजकुमार चार्ल्स ७ दिन आइसोलेसनमा बसेका हुन् । क्लारेन्स हाउस (शाही निवास) का अनुसार राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था राम्रो रहेको छ । शाही निवासका अनुसार राजकुमार चार्ल्स चिकित्सकसँगको परामर्शपछि सेल्फ आइसोलेसनबाट बाहिर आएका हुन् ।

गत हप्ता केही अस्वस्थ महसुस भएपछि राजकुमार चार्ल्स र राजकुमारी क्यामिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिएपनि राजकुमारीमा भने देखिएको थिएन । राजकुमारी क्यामिला भने अझै केही दिन आइसोलेसनमा बस्ने बताइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उपस्वास्थ्यमन्त्री नदिन डोरिस लगायतलाई पनि कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

बेलायतका स्वास्थ्यमन्त्री पनि कोरोनावाट संक्रमित

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइसोलेसनमा

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !