८ बैशाख २०८१, शनिबार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण


बोरिस जोन्सन

एजेन्सी, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसको संक्रमति हुने उनी विश्वमै पहिलो प्रधानमन्त्री हुन् । उनलाई माध्यम खालको कोरोना भाइरस संक्रमण भएको बिबिसीले जनाएको छ । उनले ट्वीटरमा भिडियो पोष्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

जोन्सनले ट्वीटरमार्फत जानकारी दिदै उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाह अनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् ।

कोरोना भाइरसको यो संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन् भन्ने वक्तव्यमा भनिएको छ । इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनमा कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

बेलायतमा राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएर अहिले उनी स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनलाई पनि सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । साथै उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

यो पनि पढ्नुहोस्

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !