७ बैशाख २०८१, शुक्रबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइसोलेसनमा


बेन्जामिन नेतान्याहू

एजेन्सी, १७ चैत । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भूसको आगो झैँ १९९ देशमा सल्किरहेको छ । कोरोना भाइरसलाई धनी भाइरस पनि भन्न थालिएको छ । यसको संक्रमणवाट बेलायती राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उपस्वास्थ्यमन्त्री नदिन डोरिस लगायत अन्य धेरै भिभीआइपी र भिआइपी समेत संक्रमित भईसकेका छन् ।

यसको साथै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्ण रुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !