३ मंसिर २०८१, सोमबार

मृत्युदण्डअघि नै पूर्वराष्ट्रपतिको मृत्यु भए शव ३ दिन झुण्ड्याउन अदालतको आदेश


४ पुस, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसला सुनाएको थियो । त्यसपछि पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ ।

मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ । मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !