७ पुस २०८१, आइतबार

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए


शव

१८ असार । अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ ।

तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिनु भएको छ ।

सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित छ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !