८ जेष्ठ २०८१, मंगलबार

ट्रम्पलाई भेट्न पुटिन तयार, अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया अझै आएको छैन : क्रेमलिन


डोनाल्ड ट्रम्प

मस्को, रूस, ७ जेठ । जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ ।

रूसी समाचार संस्था आरआए नोभोस्ती न्यूज एजेन्सीले रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभलाई उद्धृत गरी भनेको छ, “यदि दुई मुलुकका राष्ट्रप्रमुखबीचको भेटको पहल हुन्छ भने रूसी राष्ट्रपति यसका लागि खुसीसाथ तयार हुनुहुनेछ । साथै, पक्कैपनि यूरोपको उर्जा सुरक्षाका बिषय पनि छलफलका एजेन्डा हुनेछन्।,” उहाँले थप्नुभयो, “तर दुई मुलुकका राष्ट्रपतिको भेट व्यवस्थाका लागि कुनै विशेष कदम चालिएको छैन ।”

प्रवक्ता पेश्कोभले भन्नुभयो, “हामीलाई अहिलेसम्म जापानमा आगामी महिना हुने जी–ट्वन्टी सम्मेलनमा पुटिन र ट्रम्पबीच छलफल हुने वा नहुने कुनै औपचारिक सूचना प्राप्त भएको छैन ।”

यस पहिले आएका रूसी सञ्चारमाध्यमहरूको रिपोर्टमा जापानमा हुने जी–ट्न्वन्टी सम्मेलनमा पुटिनले रूस अमेरिकासँग वार्ता र छलफलका लागि तयार रहेको बताएका सङ्केत गरिएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !