५ जेष्ठ २०८१, शनिबार

दक्षिण लिबियामा ९ जना सैनिकको हत्या


त्रिपोली, २१ बैशाख । लिबियाको दक्षिणी शहर सबास्थित तालिम केन्द्रमा भएको आतङ्कवादी आक्रमणमा नौ जना सैनिकको ज्यान गएको छ ।

सैनिक स्रोतका अनुसार आतङ्ककारीहरुले स्थानीय समय अनुसार बिहानै ५ बजे तालिम केन्द्रमा आक्रमण गरेका थिए ।

सैनिक स्रोतले इस्लामिक स्टेटका लडाकूले आक्रमण गरेको हुनसक्ने बताएको छ । लडाकूहरु हातहतियार सहित सैनिक बाहनमा चढेर तालिम केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

लिबियाको दोस्रो ठूलो शहर सबालाई गत जनबरीदेखि पूर्वी क्षेत्रमा सक्रिय सैनिकहरुले कब्जामा लिइरहेका छन् ।

लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ । सरकार समर्थित सैनिक र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तार समर्थित सैनिकबीच चलिरहेको भिषण युद्धका कारण सयौंको ज्यान गइसकेको छ । (रासस-सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !