![Nepalpatra](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/No-image.jpg?fit=790%2C490&ssl=1)
२३ फागुन, श्रीनगर । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।
जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ ।
घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । (रासस/सिन्हवा)