४ जेष्ठ २०८१, शुक्रबार

केही दिनभित्र ‘वफर जोन’बाट हतियार हटाउछौँ : विद्रोही


Syria

२२ असोज, अलेइस, सिरिया । टर्कीको सहयोगप्राप्त सिरियाली विद्रोहीले उत्तरपश्चिमी क्षेत्रमा बनाइन लागेको हतियार निशेधित क्षेत्र ‘वफर जोन’बाट शक्तिशाली (ठूला) हतियार हटाउन सहमत भएको जनाएको छ ।

सिरियाली सरकारले उक्त क्षेत्रमा आक्रमण गर्ने तयारी गरिरहँदा विद्रोही पक्षको नियन्त्रणमा रहेको एकमात्र सिरियाली भूमिमा ठूलो रक्तपात हुनसक्ने भन्दै इरान, रूस तथा टर्कीको पहलमा वफर जोन बनाएर अतिआवश्यक मानवीय सहायतालाई पठाउन उक्त सहमति भएको हो ।

गत सेप्टेम्बर १७ मा भएको सहमति अनुसार नेशनल लिवरेशन फ्रन्ट (एनएलवी) ले आइतबारदेखि ठूला हतियार वफर जोनबाट सार्न शुरु गरेकोे हो । विद्रोहीको नियन्त्रणमा रहेको भूगोल र सरकारी नियन्त्रणमा रहेको करिब १५ देखि २० किलोमिटरको क्षेत्रलाई वफर जोन बनाइने सहमति भएको छ ।

विद्रोहीले इदलिब, एलेप्पो र हामा क्षेत्रबाट आफ्ना ठूला हतियारलाई आगामी बुधबारसम्म सारिसक्नुपर्नेछ भने आगामी अक्टोबर १५ सम्म सशस्त्र समूहले उक्त क्षेत्रबाट पछि हट्नुपर्ने सहमति विद्रोहीले गरेको एनएलएफका प्रवक्ता नाजी मुस्तफाले पुष्टि गर्नुभयो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !