४ जेष्ठ २०८१, शुक्रबार

सीपीएल : सन्दीपको टिम लगातार तेस्रो जित निकाल्न सफल


Sandee-Lamichhane

१० भदौ, काठमाडौं । क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके पनि उनको टोली सेन्ट प्याट्रियट्सले बार्बाडोज ट्रिडेन्टलाई ६ विकेटले पराजित गरेको हो । जारी सीपीएलमा यो सन्दीपको अन्तिम खेल हो ।

सोमबार उनी एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् । बार्बाडोजले दिएको १४८ रनको लक्ष्य सेन्ट किट्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा ग-यो । उसका लागि ब्राण्डन किङ्सले ६० रनको अर्धशतकीय योगदान दिए । त्यस्तै डेभोन थोमसले ३२ तथा बेन कटिङले अविजित २९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान जेसन होल्डरले सर्बाधिक ५४ रन बनाएका थिए ।

बलिङतर्फ नेपाली युवा बलर सन्दीप लामिछानेले विकेट लिन सकेनन् । उनी यस खेलमा महंगो पर्न गए । ४ ओभर बलिङ गरेका उनले ४३ रन खाए । सेन्ट किट्सका लागि बेन कटिङ र एन्टोन डेभिसले २-२ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !