९ जेष्ठ २०८१, बुधबार

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी


FILE-ZIMBABWE-HARARE-MNANGAGWA-PRESIDENTIAL ELECTION-WINNING (180803) — HARARE, Aug. 3, 2018 (Xinhua) — Emmerson Mnangagwa (front) attends a rally in Harare, Zimbabwe, on July 28, 2018. Zimbabwe Electoral Commission (ZEC) declared early Aug. 3 that current President Emmerson Mnangagwa has won the nation’s presidential election. (Xinhua/Shaun Jusa)

१८ साउन, हरारे । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।

मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भन्नुभएको छ, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं ।” (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !