४ जेष्ठ २०८१, शुक्रबार

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार


Iran-US Meet

६ साउन, तेहरान ।  इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नु भएको छ ।

अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उहाँको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहनु भएको छैन ।

“अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,” उहाँलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !