८ जेष्ठ २०८१, मंगलबार

मिलोस राओनिक ओपन टेनिसको तेस्रो चरणमा प्रवेश


rawonik

२६ वैशाख, काठमाण्डौ । मिलोस राओनिक स्पेनमा जारी मड्रिड ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

क्यानेडियन खेलाडी मिलोसले ग्रिगोर डिमित्रोभलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । जसमा मिलोसले ग्रिगोरलाई पहिलो सेटमा सात – पाँचले जित्दा दोस्रो सेट भने तीन – छ ले गुमाए । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गरेका मिलोसले ६ – तीनले जित्दै तेस्रो चरणमा पुगे ।

यस्तै, अर्को खेलमा विश्व बरियतामा छैटौँ स्थानमा रहेका हुवान मार्टिन डेल पोर्टोले बोस्नीयाका डामिर जुमहुरलाई दुई शून्यको सोझो सेटमा हराए । अर्जेन्टिनी खेलाडी डेल पोर्टोले पहिलो सेट छ तीनले जितेका थिए भने दोस्रो सेटमा पनि छ तीनको जित निकाल्न सफल भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !