४ बैशाख २०८१, मंगलबार

युक्रेनका राष्ट्रपति र नेटोका महासचिवबीच युक्रेनको सहयोगबारे वार्ता


युक्रेनका राष्ट्रपति र नेटोका महासचिवबीच युक्रेनको सहयोगबारे वार्ता

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नेटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नेटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ ।

मङ्गलबार उहाँहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा युक्रेनका राष्टपति जेलिन्स्किीले नेटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

साथै त्यस अवसरमा उहाँले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ । युक्रेनको आर्थिक लगायतको अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ ।

त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नेटो संगठन तथा नेटोका सदस्य राष्टहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिए ।

स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधि आदिमा सहयोग गर्ने सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !